
काठमाडौं । प्रधानमन्त्री वालेन शाहको पछिल्लो अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले राष्ट्रिय सभा बैठकमा विरोध जनाएका छन् ।
सोमबार बसेको बैठकमा प्रतिपक्ष दलहरूले उभिएर प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधि सभामा ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विरोध गरेका हुन् ।
अध्यक्ष नारायणप्रसाद दाहालले सदनको कारबाही सुरु गर्न लाग्दा प्रतिपक्ष दलले उभिएर प्रधानमन्त्रीको विरोध जनाए । प्रधानममन्त्रीको भनाइ संसदको रेकर्डबाट नहटेसम्म सदन अवरुद्ध जारी राख्ने उनीहरुले चेतावनी दिए ।
आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाहले भारतले मात्रै नेपालको भूमि मिचेको नभइ नेपालले पनि भारतीय भूमि मिचेको र वार्ताद्वारा समाधान गर्ने अभिव्यक्ति दिएका थिए । सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रिय सभाको बैठक २० मिनेटका लागि स्थगित भएको छ ।














