Logo
Logo

राष्ट्रघाती अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसदबाट माफी माग्नुपर्छ : एमाले


378
Shares

काठमाडौैं । प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै तत्काल संसदमा आएर माफी माग्नुपर्ने माग गरेको छ ।

सोमवार प्रतिनिधि सभा बैठक शुरु हुने वित्तिकै बोल्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीले दिएको ‘नेपालले पनि भारतको धेरै भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति रेकर्डबाटै हटाउन र माफी माग्न माग गरेको हो ।

उनले नेपालले कुनैपनि मुलुकको एक इन्च भूमि पनि नमिचेको दावी गर्दै ती तथ्यहरुको हेक्का राख्न पनि प्रधानमन्त्रीलाई सचेत गराए । प्रमुख सचेतक महरले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको तथ्य अध्ययन गर्न पनि प्रधानमन्त्रीलाई सुझाए ।

उनले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती, देशद्रोही, गैरजिम्मेवार छ । र, त्यो संसदको रेकर्डबाट हटाउँदै प्रधानमन्त्रीले रोष्टमबाट माफी माग्नुपर्छ भनेर म यहाँहरुको बीचमा म समामुख मार्फत यो सदनको ध्यानाकर्षण गराउन चाहन्छु । म यहाँ भन्न चाहन्छु–हाम्रो राष्ट्रको बडो स्पष्ट नीति छ । असंलग्न परराष्ट्र नीति छ । हामी कसैको भूमि एक इन्च पनि मिच्दैनौ । र, कसैलाई एक इन्च भूमि पनि दिँदैनौ । र, म भन्न चाहन्छु–लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो भूमि हो । सुस्ता हाम्रो भुमि हो । र, नेपालले कहीँ कतै पनि एक इन्च भूमि पनि मिचेको छैन । यो कुरा स्मरण होस प्रधानमन्त्रीथज्युलाई । नभए अध्ययन गरेर हुन्छ, राम्रोसँग हेरे हुन्छ । तथ्य, तथ्यांकहरुको विश्लेषण गरे हुन्छ ।’

उनले प्रधानमन्त्री बालेनलाई देशद्रोही खालको अभिव्यक्ति नदिन पनि ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्