Logo
Logo

बालेनको अभिव्यक्तिविरुद्ध सडकमा उत्रियो एमाले


567
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन शाहको अभिव्यक्तिविरुद्ध नेकपा एमाले सडकमा उत्रिएको छ । प्रधानमन्त्रीले आइतबार प्रतिनिधिसभामा दिएको नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिको विरोधमा एमालेले माइतीघरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले ‘राष्ट्रियता हराएको प्रधानमन्त्री मुर्दावाद, कालापानी र लिपुलेक हाम्रै हो, राष्ट्रघाती अभिव्यक्ति फिर्ता गर’ लगायतका नारा लगाएका छन् ।

प्रधानमन्त्री बालेनले संसद्को रोष्टमबाट नेपाल–भारत सीमा सम्बन्धमा विवादित अभिव्यक्ति दिएपछि अहिले उनको चौतर्फी आलोचना तथा राजीनामा माग भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्