Logo
Logo

अन्जनी कुमार पोख्रेल शस्त्रको एआईजीमा बढुवा


630
Shares

काठमाडौं । आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा सशस्त्र प्रहरी नायब निरीक्षक अन्जनी कुमार पोख्रेललाई बढुवा गर्ने निर्णय गरेको छ । 

The current image has no alternative text. The file name is: anjani-kumar-pokharel.jpg

त्यस्तै, मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयकै अर्को प्रस्तावमाथि छलफल गर्दै २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमाथि अध्ययन गर्ने समितिको म्याद थप गरेको छ । प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित उक्त अध्ययन समितिको कार्यविधि ४५ दिनका लागि थप गरिएको छ ।

सरकारले भूमि समस्या समाधान समितिको रिक्त पदहरूमा नियुक्ति गरेको छ । निर्णय अनुसार समितिको अध्यक्ष पदमा कास्कीका बलभद्र बास्तोलालाई नियुक्त गरिएको छ । समितिको सदस्यहरूमा काठमाडौंका अमिर प्रसाद न्यौपाने, लमजुङकी पद्मनिती सोती र काठमाडौंकी डा। रोना श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्