Logo
Logo

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको रिट संवैधानिक इजलासमा


252
Shares

काठमाडौैं । सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०८३ को वैधानिकतामाथि प्रश्न उठाउँदै दायर रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

अधिवक्ता गीता थापाले दायर गरेको रिटमा सुनुवाइका लागि प्रधानन्यायाधीश डा‍.मनोजकुमार शर्मा, न्यायाधीशहरू डा. नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेल सम्मिलित संवैधानिक इजलासमा पेसी तोकिएको हो ।

यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले गत आइतबार उक्त अध्यादेशविरुद्ध दर्ता गर्न खोजिएको निवेदनको दरपिठ उपर परेको निवेदनलाई संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको थियो ।

अधिवक्ता थापाले राष्ट्रपति कार्यालय शीतल निवास लगायतलाई विपक्षी बनाई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश नेपालको संविधानसँग बाझिएको दाबी गर्दै रिट दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्