काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ६ वटा उपसमितिहरू गठन गरिएको छ ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले परामर्श तथा समन्वय उपसमिति, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षासम्बन्धी अध्ययन उपसमिति, विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्ययन उपसमिति, सूचना तथा सञ्चार अध्ययन उपसमिति र खेलकुद अध्ययन उपसमिति गठन गरिएको हो ।
परामर्श तथा समन्वय उपसमितिमा सांसदहरू डा. लेखजंग थापा, पुकार बम, प्रभा ढकाल, सीता थपलिया, रिङगला यादव, रमेशकुमार मल्ल, राधिका रम्तेल र महावीर पुन रहेका समिति सभापति डा. ओजश्वी शेरचनले जानकारी दिइन् ।
“प्रतिनिधिसभा नियमावलीअनुसार उपसमितिहरू गठन गरिएको हो । सबै उपसमिति समितिका सभापतिको मातहतमा रहनेछन्,” शेरचनले भनिन् ।
त्यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमितिमा कामिनी कुमारी, प्रा.डा. चन्द्रमोहन यादव, डा. तोसिमा कार्की, प्रभा ढकाल, रिङगला यादव र लेखजंग थापा रहेका छन् ।
सांसदहरू गणेश पौडेल, गुरुप्रसाद बराल, जगतप्रसाद जोशी, राधिका रम्तेल रमेशकुमार मल्ल शिक्षासम्बन्धी अध्ययन उपसमितिमा रहेका छन् ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्ययन उपसमितिमा सांसदहरू कुशुम महर्जन, झविलाल डुम्रे, पुकार बम, डा. प्रमिलाकुमारी गच्छदार र महावीर पुन रहेका छन् ।
सूचना तथा सञ्चार अध्ययन उपसमिति, खुश्वु सरकार श्रेष्ठ, शम्भुकुमार यादव, रविन महतो, विष्णुबहादुर खड्का र हरिप्रसाद भुसाल रहेका छन् ।
खेलकुद अध्ययन उपसमितिमा सांसदहरू अच्युतम लामिछाने, चन्दनकुमार सिंह, भीमकुमारी बुढामगर, राजन गौतम र सिता थपलिया रहेका समितिका सचिव दशरथ धमलाले जानकारी दिए ।














