
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको विरोधमा माइतीघरमा प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री शाहले आइतबार संसदको रोष्टमबाट ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनेर दिएको अभिव्यक्तिको विरोधमा नेकपाले जनवर्गीय सङ्गठनलाई सडकमा उतारेको हो ।
प्रदर्शनका क्रममा उनीहरूले राष्ट्रघाती अभिव्यक्ति दिने प्रधानमन्त्री बालेनको राजीनामा मागे ।
विरोध सभालाई सम्बोधन गर्दै नेकपाका नेता सुदेश पराजुलीले संसद्मा उभिएर देशकै कार्यकारी प्रमुखले राष्ट्रमाथि एउटा गम्भीर ढङ्गले प्रहार गरेको टिप्पणी गरे ।














