Logo
Logo

कोशी, बागमतीसहित पहाडी स्थानमा मध्यम वर्षाको सम्भावना


126
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

The current image has no alternative text. The file name is: mausam.jpg

हाल कोशी, मधेश, बागमती र सुदुरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल र तराई भू-भागमा मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानहरूमा तथा सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ । मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा मध्यम तातो लहर हुनुका साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल,  पहाडी भू-भाग तथा मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको थोरै स्थानहरूमा र मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशको हिमाली र पहाडी भू९-भागमा भू-भागका एक/दुई स्थानमा  हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । 

प्रतिक्रिया दिनुहोस्