Logo
Logo

भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि 


315
Shares

काठमाडौं । भारत भ्रमण रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्वदेश फर्किनुअघि अयोध्या पुगेर राम मन्दिर दर्शन गरेका छन् । उनी पत्नी निकिता, पार्टी सहमहामन्त्री विपिन कुमार आचार्य, प्रनिनिधि सभा सदस्य दीपक बोहोरासहित अयोध्या पुगेका हुन् ।

The current image has no alternative text. The file name is: rabi-1.jpg

उनीहरूले राम मन्दिर दर्शन तथा पूजा गरेका छन् । रवि नेतृत्वको प्रतिनिधि मण्डल आजै नेपाल फर्किँदै छ । आजै रास्वपा नेता समेत रहेका परराष्ट्रमन्त्री शिशिर खनाल आजै भारत भ्रमणमा जाँदै छन् ।

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा गएका थिए ।

भारत बसाइको क्रममा रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेटवार्ता गरेका थिए ।

रवि नेतृत्वको भ्रमण टोलीमा रास्वपा सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य छन् । रास्वपा प्रवक्ता मनिष झाका अनुसार रवि नेतृत्वको रास्वपा टोली भारतबाट आज जेठ २२ गते स्वदेश फर्किँदै छ ।

प्रतिक्रिया दिनुहोस्