Logo
Logo

पार्टी सामु चुनौती छन्, तिनको सामना गर्न सकिन्छ : शङ्कर पोखरेल


504
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीका सामु चुनौतीहरू रहे पनि तिनको सामना गर्न सकिने बताएका छन् । महासचिव पोखरेलले शुक्रवार बिहान सामाजिक सञ्जालमा लेख्दै पार्टीमा देखिएका समस्याहरूको समाधानका लागि खुला आत्मसमीक्षा, कमजोरी स्वीकारोक्ति, एकता र अनुशासन अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

The current image has no alternative text. The file name is: sanker.gif

‘पार्टीका सामु चुनौती छन्, तर तिनको सामना गर्न सकिन्छ। समस्या छन्, समाधान गर्न सकिन्छ। निर्वाचन परिणामले जनतासँगको सम्बन्ध कमजोर भएको देखाएको छ, त्यसलाई पुनः मजबुत बनाउन पनि सकिन्छ,’ उनले लेखेका छन्, ‘तर त्यसका लागि खुला आत्मसमीक्षा, कमजोरीको स्वीकारोक्ति, एकता र अनुशासन अपरिहार्य छन्। यी सबै काम संस्थागत र विधिसम्मत प्रक्रियाबाट मात्र सफल हुन सक्छन् ।’

एमालेभित्र अहिले नेतृत्व परिवर्तनको बहस तीव्र बनेको छ । तर अध्यक्ष केपी शर्मा ओली अझै नेतृत्वबाट बाहिरिने पक्षमा छैनन् ।

प्रतिक्रिया दिनुहोस्