Logo
Logo

पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषय हो : पूर्वमन्त्री अर्याल


378
Shares

काठमाडौं । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले लोकतान्त्रिक व्यवस्थामा पदसोपानभन्दा कार्यक्षमता, सिर्जनशीलता र समान अवसर बढी महत्त्वपूर्ण हुने बताएका छन् ।  शुक्रवार काठमाडौंमा आयोजित एक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र गणतन्त्रले सबै नागरिकका लागि सम्भावनाका ढोका खोलेको उल्लेख गरेका हुन् । 

The current image has no alternative text. The file name is: omprakesh-aryal.jpg

“केही समयअघिसम्म निजामती सेवाको छैटौँ तहमा रहेका कर्मचारीहरू अहिले सांसद मात्र होइन, मन्त्रीसमेत बन्न सक्ने अवस्था छ,” पूर्वमन्त्री अर्यालले उदाहरण दिँदै भने, “यो व्यवस्थामा सबैलाई समान अवसर उपलब्ध छ ।” उनले कसैको पनि आधारहीन मानमर्दन गर्न नहुने र सबैलाई ‘बेनिफिट अफ डाउट’ दिनुपर्ने बताए । 

गृह प्रशासनको कार्यशैलीबारे उनले प्रशासनले प्रमाणका आधारमा मात्र आलोचना वा कारबाही अघि बढाउने गरेको दाबी गरे । “हामीले हाम्रो कार्यकालमा हाइरार्कीभन्दा कार्यक्षमता र सिर्जनशीलताको वातावरण बनायौँ । त्यसले राम्रो परिणाम दियो,”  उनले भने, लोकतन्त्रमा कसैलाई पनि धेरै माथि बस्नुपर्ने बाध्यता छैन । अहिले पनि धेरै साथीहरू डेढ–दुई महिनाअघि छैटौँ तहका कर्मचारी हुनुहुन्थ्यो, अहिले मन्त्री बन्नुभएको छ । यसले नै यो गणतन्त्र र लोकतन्त्रमा सबैका लागि अवसर खुला भएको देखाउँछ ।”

समाजमा अझै पनि जारी रहेको आधारहीन दोषारोपण र मानमर्दनको प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै पूर्वमन्त्री अर्यालले लोकतन्त्र सुदृढ हुँदै जाँदा यस्ता नकारात्मक संस्कृति स्वतः घट्ने विश्वास व्यक्त गरे । उनले वर्तमान सरकारले पनि यो विषयमा विशेष ध्यान दिने अपेक्षा राखे । 

प्रतिक्रिया दिनुहोस्