Logo
Logo

शनिबार काठमाडौं र ललितपुरका यी स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने


441
Shares

काठमाडौं । भोली जेठ २३ गते शनिबारको दिन काठमाडौं र ललितपुरका झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।

The current image has no alternative text. The file name is: substation-bijuli-bidut-line.jpg

स्युचाटार र टेकु सबस्टेशन अन्तर्गत कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक केन्द्रबाट वितरण हुँदै आएका ९८ ठाउँमा शनिवार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणको १३२ के.भी. प्रसारण कण्डक्टर अपग्रेडिङ्ग आयोजना मातातीर्थले जारी गरेको सूचनामा कुलेश्वर वितरण केन्द्रका ५३, कीर्तिपुर वितरण केन्द्रका ११, रत्नपार्क वितरण केन्द्रका २० र पुल्चोक वितरण केन्द्रका १४ ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने उल्लेख छ ।

नेपाल विद्युत प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ के.भी. प्रसारण कण्डक्टर अपग्रेडिङ्ग आयोजनाबाट १३२ के.भी. स्युचाटार सवस्टेसनमा रहेको बसलाई सटडाउनमा राखी उक्त सबस्टेसनको मर्मतसम्भार तथा स्तरोन्नति समेतका काम गर्न विद्युत् आपूर्ति बन्द गर्न लागिएको जनाएको छ । 

उक्त सटडाउन अवधिमा काठमाडौं उपत्यका भित्रका अन्य सबस्टेशनबाट आपूर्ति हुने वितरण प्रणालीमा समेत प्रभाव पर्न सक्ने जनाइएको छ । साथै मौसमको प्रतिकूलता रहेमा पूर्वनिर्धारित समय हेरफेर हुन सक्ने आयोजनाले जनाएको छ ।

निर्धारित समयमा सम्पूर्ण कार्य सम्पन्न गर्नका लागि यथासम्भव प्रयास गरिने भन्दै प्राधिकरणले विद्युत् आपूर्ति अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ ।

हेर्नुहोस् जेठ २३ गते शनिबार विद्युत् आपूर्ति अवरुद्ध हुने स्थानहरु

वितरण केन्द्रविद्युत आपूर्ति अवरुद्ध हुने स्थानहरु
कुलेश्वर वितरण केन्द्रसबस्टेशन गेट, खड्का गाउँ, पुरानो नैकाप, सिर्जना चोक, इन्द्रथान, गुर्जुधारा, हाई भिजन कोलोनी, बाफल, इचङ्गुनारायण मन्दिर, पाँचधारा मोड, स्वयम्भु, सानो भर्याङ्ग, भगवानपाउ, गौतम गाउँ, हसनटार, गोदामथोक, सिताराम स्कुल, फस्कु, जयन्ती गाउँ, रामकोट, भिमढुङ्गा, छत्रे देउराली, कलंकी, रविभवन, लाम्पाटी, गाईबाच्छा पाटी, बलम्बु, ढुङ्गेअड्डा, नैकाप, सतुङ्गल, बोसीगाउँ, प्राधिकरण मार्ग, सुनारगाउँ, रविभवन, सोल्टीमोड, छाउनी, टेलिकम, आर्मी हस्पिटल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, च:मती, भगवानपाउ, कलंकी, खसीबजार, सुनारगाउँ, बल्खु, कुलेश्वर आवास क्षेत्र, साल्ट ट्रेडिङ्, सीता पम्प, टंकेश्वर, महेन्द्र रत्न क्याम्पस लगायतका स्थानहरु ।
कीर्तिपुर वितरण केन्द्रमैत्रीनगर, ट्याङ्ग्ला फाँट, कीर्तिपुर, सल्यानस्थान, बल्खु, चोभार, भाजङ्गल, आदिनाथ, भूतखेल, टौदह, त्रि.वि. परिसर लगायतका स्थानहरु ।
रत्नपार्क वितरण केन्द्र न्यूरोड, धरहरा, रंगशाला, सुन्धारा, खिचापोखरी, हनुमानढोका, बसन्तपुर, थापाथली, माइतीघर, विष्णुमती खोला, सोह्रखुट्टे, टेकु, स्वास्थ्य सेवा विभाग, त्रिपुरेश्वर, कालिमाटी, क्षेत्रपाटी, असन, इन्द्रचोक, भिमसेनस्थान, लगन चोक लगायतका स्थानहरु ।
पुल्चोक वितरण केन्द्रबल्खु हेल्थ पोष्ट, सानेपा, झम्सीखेल, पुल्चोक, हरिहर भवन, नख्खु चोक, बागडोल, धोबिधारा, धोबिघाट, नयाँबाटो, भैंसेपाटी, सिद्धीविनायक टोल, मञ्जुश्री, कुपण्डोल लगायतका स्थानहरु ।

प्रतिक्रिया दिनुहोस्