काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा रविभवनस्थित होटेल क्राउनका इम्पेरियलका कर्मचारीहरूले आफ्नो होटेल नजिका सडकहरुमा सरसफाइ गरेको छ । आज होटेलका करिब ६० जना कर्मचारीहरू बिहानैदेखि सरसफाइमा जुटेका हुन् । उनीहरूले लिङ्कन स्कुल लगायतका क्षेत्रमा सरसफाइ गरेका हुन् ।

सन् १९७३ देखि विश्वभर प्रत्येक वर्ष जुन ५ तारिखको दिन यो दिवस मनाउँदै आइएको छ । यसबर्ष विश्व वातावरण दिवसको विषयवस्तु ‘जलवायुकार्य अर्थात् क्लाइमेट एक्सन’ भन्ने रहेको छ, जसको उद्देश्य जलवायुसँगको हाम्रो सम्बन्धलाई सुधार गर्ने, प्रकृतिमा आधारित समाधानहरूको प्रयोग गर्ने र हाम्रो विश्वव्यापी अर्थतन्त्रलाई शक्ति प्रदान गर्ने प्रणालीहरूको पुनर्विचार गराउनु रहेको छ ।














