काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन् । भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा उनी २२ देखि २४ जेठसम्म भारत भ्रमणमा रहनेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी, ऊर्जा सहयोग तथा आपसी हितका विविध विषयमा उच्चस्तरीय छलफल हुनेछ।
भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खनालले नेपालको प्राथमिकताका विषयलाई केन्द्रमा राखेर संवाद हुने बताए।
‘हाम्रा प्राथमिकताका विषयमा हामी संवाद गर्छौं । पछिल्लो समय उठेका सबै विषयमा पनि खुला रूपमा छलफल हुन्छ,’ उनले भने।
नेपाल–भारत सम्बन्धका विभिन्न आयाम तथा समसामयिक द्विपक्षीय मुद्दामा केन्द्रित रहने यो भ्रमणलाई कूटनीतिक दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।














