Logo
Logo

वायुसेवा निगमको सञ्चालक समिति सदस्य छनोट प्रक्रिया अघि नबढाउन सर्वोच्चको आदेश


504
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्यहरू छनोट प्रक्रिया अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

The current image has no alternative text. The file name is: supreme-court-of-nepal1542214610-1.jpg

न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले पर्यटन मन्त्रालय, नेपाल वायुसेवा निगमले गठन गरेको छनौट समितिलाई अघि नबढाउन अन्तरिम आदेश दिएको हो ।

प्रतिस्पर्धाबाट छानिएर आफू सूचीमा परेपनि न्यायपूर्वक छनौट नभएको भन्दै उपेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

त्यही निवेदनमाथिको सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो । सरकारले आवेदन माग गरी प्रतिस्पर्धाबाट नेपाल वायुसेवा निगमका सदस्यहरू र अध्यक्ष चयन गर्ने तयारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्