Logo
Logo

परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता


441
Shares

काठमाडौं ।  भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

The current image has no alternative text. The file name is: shsir-khanal.jpg

त्यस अवसरमा उनीहरूबीच दुई पक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने, पार्टी-पार्टी तथा  जनता-जनताबीचको सम्बन्धलाई गाढा बनाउने विषयमा छलफल भएको नयाँदिल्लीस्थित नेपालको दूतावासले जनाएको छ ।

परराष्ट्रमन्त्री खनाल आफ्ना भारतीय समकक्षी एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा शुक्रवार नयाँदिल्ली पुगेका हुन् । 

प्रतिक्रिया दिनुहोस्