Logo
Logo

बजेटले महत्त्वपूर्ण क्षेत्रमा ध्यान दिन सकेन : सुरेन्द्र पाण्डे


504
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको बजेटले कतिपय महत्त्वपूर्ण क्षेत्रमा पर्याप्त ध्यान नदिएको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले राष्ट्रिय गौरवका आयोजनाको सङ्ख्या बढी राखिए पनि तिनमा पर्याप्त बजेट विनियोजन नभएको बताएका हुन् । 

The current image has no alternative text. The file name is: surendra-pandya.gif

हाल २४–२५ वटा राष्ट्रिय गौरवका आयोजना रहेका तर प्रत्येकमा थोरै-थोरै बजेट छर्दा कुनै पनि आयोजना समयमै सम्पन्न हुन नसकेको उनले बताए । “बहुमतको सरकारले प्राथमिकता स्पष्ट गर्नुपर्छ”पाण्डेले सरकारसँग बहुमतको बलियो शक्ति रहेको उल्लेख गर्दै भने, “आयोजनाहरूलाई सीमित संख्यामा ल्याएर स्पष्ट प्राथमिकताका आधारमा बजेट केन्द्रित गर्नुपर्छ ।” 

उनले अधिकांश मन्त्रालयको बजेट विगतकै निरन्तरतामा रहेको बताउँदै उच्च प्रतिफल दिने आयोजनाहरूमा बढी स्रोत केन्द्रित गर्नुपर्ने बताए । कम प्राथमिकताका आयोजनाबाट बजेट सारेर मुख्य आयोजनालाई समयमै पूरा गर्न सके अर्थतन्त्रले ठूलो फाइदा लिन सक्ने उनको भनाइ छ ।

द्रुतमार्गको उदाहरण दिँदै पाण्डेले भने, “द्रुतमार्ग परियोजना समयमै सम्पन्न भए वीरगञ्ज–काठमाडौं यात्रा १८–२० घण्टाबाट घटेर करिब २ घण्टामा सीमित हुन्छ । यसले ढुवानी लागत घटाउँछ, व्यापार र आर्थिक गतिविधि बढाउँछ तथा समग्र उत्पादकत्वमा ठूलो सुधार ल्याउँछ।” 

प्रतिक्रिया दिनुहोस्