काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ । दुई देशबीचको प्रतिनिधमण्डलबीच अहिले भेटवार्ता जारी रहेको छ । भारतीय विदेशमन्त्री डा. जयशंकरले उक्त भेटवार्ताबारे जानकारी गराएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा नेपाली प्रतिनिधिमण्डलको टोलीलाई स्वागत गर्दै राखेको प्रारम्भिक मन्तव्य पनि सेयर गरेका छन् ।
परराष्ट्रमन्त्री खनाल औपचारिक भ्रमणका लागि हिजो (शुक्रवार) भारत गएका थिए । भारतीय विदेशमन्त्री डा. जयशंकरको औपचारिक निम्तोमा परराष्ट्रमन्त्री खनाल भारत गएका हुन् ।
परराष्ट्रमन्त्री खनाल २४ जेठसम्म भारत भ्रमणमा रहनेछन् । उक्त बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले यसअघि जनाएको थियो ।














