Logo
Logo

पूर्व सांसद गुप्ताको निधन


1.6k
Shares

काठमाडौं । नेकपा (एमाले) नेता तथा कपिलवस्तु क्षेत्र नं. ३ का पूर्व सांसद मङ्गलप्रसाद गुप्ताको निधन भएको छ । हृदयघात भएका उनको भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा आइतबार बिहान उनको निधन भएको हो ।

लामो समयदेखि राजनीतिक जीवनमा सक्रिय गुप्ताको आज निधन भएको एमाले कपिलवस्तु जिल्ला अध्यक्ष बाबुराम खनालले जनकारी दिए । गुप्ता २०३९ सालदेखि नै संसदीय निर्वाचनमा उम्मेदवार बन्दै आएका थिए ।

विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारका रूपमा पनि पटक–पटक निर्वाचन लडेका गुप्ताले पछिल्लो पटक २०७९ सालको निर्वाचनमा एमालेबाट कपिलवस्तु क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका थिए।

गुप्ताको पार्थिव शरीर मंगलबार मात्र कपिलवस्तुको कृष्णनगर ल्याइने र बुधबार अन्त्येष्टि गरिने तयारी रहेको एमाले जिल्ला अध्यक्ष खनालले बताए । स्वर्गीय गुप्ताका श्रीमती र चार छोरा छन्।

प्रतिक्रिया दिनुहोस्