Logo
Logo

लुम्बिनीमा भण्डारीलाल अहिरको मन्त्री नियुक्ति विरुद्ध जसपा नेपालको आपत्ति


0
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सरकारद्वारा भण्डारीलाल अहिरलाई मन्त्री पदको शपथ गराइएको विषयमा जसपा नेपालले गम्भीर आपत्ति जनाएको छ।

The current image has no alternative text. The file name is: lumbini-1.jpg

पार्टीले सर्वोच्च अदालतको फैसलाअनुसार खारेज भइसकेको दलको नाम प्रयोग गरी अहिरलाई मन्त्री बनाइएको दाबी गर्दै उक्त निर्णय अवैध भएको जनाएको छ। जसपा नेपालका अनुसार अदालतले ‘जसपा’ सम्बन्धी विवादमा वैधानिकता स्पष्ट गरिसकेको अवस्थामा पनि सोही नाममा मन्त्री नियुक्ति गरिएको हो।

सोमबार लुम्बिनीमा नवनियुक्त पाँच जना मन्त्रीहरूले शपथ ग्रहण गरेका थिए। त्यसमध्ये भण्डारीलाल अहिर पनि मन्त्री बनेका हुन्।

जसपा नेपालले उक्त कदमले कानुनी राज्यको उपहास भएको र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार भएको आरोप लगाएको छ। पार्टीले अहिरलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरेको छ।

माग सम्बोधन नभएमा मुख्यमन्त्री तथा सत्ता गठबन्धनविरुद्ध अदालतको मानहानि र अन्य कानुनी उपचार खोज्ने चेतावनी पनि जसपा नेपालले दिएको छ।

प्रतिक्रिया दिनुहोस्