Logo
Logo

सुदूरपश्चिममा कांग्रेसको असन्तुष्ट पक्षले छान्यो तीन मन्त्री


1.8k
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको असन्तुुष्ट पक्षले सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएको छ । असन्तुष्ट पक्षले मानबहादुर रावल, बेलबहादुर राना र जुना दानीलाई मन्त्री बनाउने निर्णय गरेको हो ।

उनीहरूमध्ये रावल र राना मन्त्री बन्नेछन् । दानीलाई राज्यमन्त्री बनाउने सहमति भएको छ । असन्तुुष्ट पक्षले नाम दिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तारको तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्