
काठमाडौं । गृहमन्त्रीमा सुधन गुरुङ पुनः नियुक्त भएका छन् । प्रधानमन्त्री बालेन शाहले उनलाई पुनः गृहमन्त्री बनाउने निर्णय गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार गुरुङको पद तथा गोपनीयताको शपथ आजै दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको छ ।
यसअघि व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङले बैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । सरकारले उनीमाथि छानविन गर्न एउटा समिति बनाएको थियो । छानविन समितिले क्लीन चिट दिएपछि प्रधानमन्त्री बालेनले गुरुङलाई पुनः गृहमा फर्काउन लागेका हुन् ।














