Logo
Logo

संसदमा आज पनि विपक्षी दलहरुको विरोध जारी


315
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरुले विरोध गरेका छन । बैठक सुरु भएलगत्तै विपक्षी दलहरुले उठेर विरोध जनाएका हुन् ।

सभामुख डीपी अर्यालले बैठक सुरु गरेपछि विपक्षी सांसदहरु उठे । त्यसपछि सभामुख अर्यालले एमाले सांसद क्षितिज थेबेलाई बोल्न दिए । थेबेले प्रधामन्त्री वालेन्द्र शाह (बालेन)ले संसदमा दिएको अभिव्यक्तिको जवाफ नदिएसम्म संसद अवरोध गर्ने बताए ।

प्रधानमन्त्री बालेनले संसदमा सम्बोधन गर्ने क्रममा भूमिका विषयमा विवादित अभिव्यक्ति दिएका थिए । त्यसबारे प्रधानमन्त्रीले नै जवाफ दिएपछि मात्रै संसद चल्न दिने विपक्षीले अडान लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्