Logo
Logo

सदनको गतिरोध अन्त्य गर्न सङ्कल्प प्रस्ताव पारित गरौं : हर्क साम्पाङ


315
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदमा देखिएको वर्तमान गतिरोध अन्त्य गर्न सङ्कल्प प्रस्ताव पारित गर्नुपर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले संसद् लामो समयदेखि डेडलकको अवस्थामा रहेको भन्दै समस्या समाधानका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।

‘प्रधानमन्त्रीलाई बोलाको बोलाकै गर्ने, उहाँ आउँदिन भन्नुहुन्छ । पक्रेर लिएर बोकेर ल्याउने चलन छैन । सभामुखज्यूले ल आउनुपर्छ भन्दा उहाँ मान्नुहुन्न,’ उनले भने, ‘कहिलेकाहीँ आउनुहुन्छ, आएर फेरि के बोल्नुहुन्छ हुन्छ, समस्या भयो । त्यसले गर्दाखेरि म आज एउटा सङ्कल्प प्रस्ताव पेश गर्न चाहन्छु । हाम्रो नियमावली, यो अहिलेको २०७९ सालको नियमावलीको नियम ८४ (१) को (ग) लाई टेकेर, विषय संकल्प प्रस्ताव पारित गरौँ ।’

साथै उनले प्रधानमन्त्रीले सीमा विवादबारे दिएको अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरे । केहि समयअघि प्रधानमन्त्री बालेनले संसदको रोष्टममा उभिएर ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यसयता विपक्षी दलहरुले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको प्रमाण पेस गर्नुपर्ने या त सदनमा आएर माफी माग्नुपर्ने मागसहित सदन अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्