Logo
Logo

प्रतिनिधिसभाको बैठक २ बजेका लागि सर्‍यो  


252
Shares

काठमाडौं । आज बिहान ११ बजेलाई बोलाइएको प्रतिनिधिसभाको बैठक सुरु नै नभई सरेको छ । बिहान ११ बजेका लागि तय भएको बैठक निर्धारित समयमा सुरु हुन सकेन ।

The current image has no alternative text. The file name is: parliyament.jpg

दुई घण्टासम्म पनि बैठक सुरु हुन नसकेपछि आजै दिउँसो २ बजे बस्ने गरी सरेको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बैठक बस्ने समय परिवर्तन भएको सम्बन्धी सूचना निकालेका छन् ।

‘बुधवार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम २ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्