
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशीको सभापतिका लागि ८ जनाले दाबी गरेका छन् । मोरङको विराट चोकमा सुरू भएको पहिलो अधिवेशनमा सभापतिका लागि ८ जनाले मनोनयन दर्ता गराएका हुन् ।
अधिवेशन सम्पन्न गराउन नवराज पुडासैनीको संयोजकत्वमा निर्वाचन समिति बनेको छ । समितिका अनुसार गोमा तामाङ (सरिन), चन्द्र राई, चन्द्रकुमार गौली, पीताम्बर तिम्सिना, पारशमणि गेलाल, खगेन्द्र कटुवाल, वीरेन्द्र श्रेष्ठ र नारायणप्रसाद घिमिरेको उम्मेदवारी परेको छ ।
यसैगरी सदस्यमा ७१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जानकारी गराएको छ । कोशी प्रदेश समिति ६१ सदस्यीय हुने विधानमा व्यवस्था छ ।














