
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो ३ दिने भारत भ्रमणबारे संसदलाई जानकारी गराएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफ्नो भारत भ्रमणबारे जानकारी गराएका हुन् ।
उनले आफ्नो भारत भ्रमणका क्रममा भारतका विदेशमन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटघाट गरेको बताए । उनले आफ्नो भारत भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न फलदायी भएको विश्वास आफूले लिएको पनि बताए ।
भ्रमणका क्रममा दुई पक्षबीच रहेको सम्बन्ध थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको उनले पनि जानकारी दिए ।














