Logo
Logo

खुश्बुलाई गृहमन्त्रीको आश्वासन- धम्की दिनेलाई कारबाही गर्छौं


819
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले आफूलाई हत्या र बलात्कारको धम्की आएको भनेपछि गृहमन्त्री सुधन गुरूङले संसद भित्रै उनीसँग कुराकानी गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सनातन धर्मको पक्ष र जबरजस्ती धर्मान्तरण विरूद्ध संसदमा बोल्दा त्यस्ता धम्कीहरू आएको बताएकी थिइन् ।

उनले भनेकी थिइन्, ‘अहिलेसम्म ज्यान मार्ने धम्की, बलात्कार गर्ने धम्की, भौतिक आक्रमण गर्ने धम्की अहिलेसम्म आइरहेको छ । व्यक्तिगत रूपमा म त्यस्ता धम्कीहरू सहन सक्छु तर यो सिंगो सनातन धर्ममाथिको प्रहार हो ।’

खुश्बुले सनातन राज्यका पक्षमा बोलेकै भरमा आफुलाई बलात्कारदेखि ज्यान मार्नेसम्मको धम्की आएको बताइन् । त्यसलगत्तै संसद चलिरहँदा सुधनले खुश्बु ओली बसेको प्रतिपक्षी बेन्चमै गएर उनीसँग कुराकानी गरेका हुन्।

‘तपाईंलाई धम्की दिनेहरूलाई कारबाही गर्छौं भन्नुभयो । मैले कारबाहीको प्रक्रियामा जानुस् भनेँ,’ वलीले भनिन्।

तर कतिपय धम्कीहरू विदेशबाट आएको र कतिपय अपरिचित व्यक्तिबाट आएको पनि उनले जानकारी गराएकी थिइन् ।यो विषयमा गृहमन्त्री गुरूङले संसदभित्रै ओलीसँग भेटेर कुरा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्