Logo
Logo

सभामुखलाई हर्कले भने- प्रधानमन्त्रीलाई ‘रुलिङ’ गरेर ल्याउनुपर्छ


315
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सभामुखले ‘रुलिङ’ गरेर प्रधानमन्त्री वालेन शाहलाई संसद्नमा ल्याउनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीलाई संसद्मा ल्याउनुपर्ने बताएका हुन् । सभामुख डोलप्रसाद अर्याललाई आग्रह गर्दै साम्पाङले भने, ‘प्रधानमन्त्रीलाई तपाईले रुलिङ गरेर ल्याउनुपर्छ ।’

सभामुखले गरेको ‘रुलिङ’ प्रधानमन्त्री शाहले मान्नुपर्ने उनले बताए । ‘प्रधानमन्त्रीले पनि तपाईको रुलिङ मान्नुपर्छ । प्रधानमन्त्री पनि यहि संसद्को सदस्य हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्