
काठमाडौं । श्रीमती ईश्वरी भुजेलको हत्या आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापामाथि अनुसन्धान गर्न काठमडौं जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले थापामाथि अनुसन्धान गर्न प्रहरीलाई थप ५ दिन अनुमति दिएको हो ।
सैनिक कर्मचारीसमेत रहेकी श्रीमती भुजेलको हत्या आरोपमा थापा गत जेठ २३ गते पक्राउ परेका थिए । जेठ २२ गते राति तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा भुजेलमाथि रड प्रहार गरेर हत्या गरेको आरोप थापामाथि लागेको छ ।
थापालाई बुधबार म्याद थपका लागि हाजिर गराइएको थियो । अदालतका सूचना अधिकारी शिव खतिवडाले अनुसन्धानका लागि पाँच दिन म्याद थप भएको जानकारी दिए ।














