Logo
Logo

दुई रुपैयाँ मात्रै अनियमितता गरेको प्रमाण ल्याउनुहोस्, कठघरामा उभिन तयार छु : अर्थमन्त्री वाग्ले


567
Shares

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ईभीमा पिक पावरको विकृति अन्त्य गर्दै मूल्यका आधारमा कर लगाउने व्यवस्था गरेको बताएका छन् ।

The current image has no alternative text. The file name is: sownirm.jpg

 बिहीबार प्रतिनिधिसभा लेखा समितिमा सांसदहरूको प्रश्नको जवाफ दिँदै वाग्लेले भने, “पहिले मोबाइल कस्टमाइज भएर आउँथ्यो, अहिले गाडी पनि त्यसैगरी आउन थालेका छन् । त्यसैले मूल्यका आधारमा कर निर्धारण गर्नुपरेको हो ।”

समितिमा सांसदहरूले बजेट सार्वजनिक हुनुअघि कर दर चुहावट गरी ईभी आयात भएको र अर्थमन्त्रीले फाइदा लिएको आशङ्का व्यक्त गरेका थिए । जवाफमा वाग्लेले प्रमाण ल्याउन चुनौती दिँदै भने, “दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै अनियमितता गरेको प्रमाण ल्याउनुहोस् भने राजनीति मात्र होइन, सार्वजनिक जीवन नै छोड्न तयार छु ।” 

उनले आगामी बजेटमार्फत तीन दशकयताकै ठूलो कर संरचना सुधार गरिएको दाबी गरे । सभ्रान्त वर्गले प्रयोग गर्ने महँगा ईभीमा बढी कर लाग्ने र पिक पावरको विकृति हटाउने गरी विवेकपूर्ण व्यवस्था गरिएको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्