Logo
Logo

केपी ओलीलाई रास्वपा सदस्य बनाएको विषय संसदमा उठ्यो


1.5k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य बनाएर सामाजिक सञ्जालमा फैलाइएको फर्जी पोस्टरको विषय प्रतिनिधिसभा बैठकमा उठेको छ ।

The current image has no alternative text. The file name is: kp-oli-1.jpg

एमाले सांसद यशोदा बरालले आज बिहीबार बसेको बैठकमा उक्त घटनाप्रति ध्यानाकर्षण गराउँदै फर्जी पोस्टर भाइरल बनाउनेहरूलाई कारबाही गर्न माग गरेकी छन् ।

सांसद बरालले भनेकी छन्, “नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाको सदस्य बनाएर नक्कली पोस्टर सामाजिक सञ्जालमा भाइरल गरिएको छ । यस्ता भ्रामक र फर्जी सामग्री फैलाउनेहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउँछु ।” ओलीलाई रास्वपाको सदस्य बनाइएको पोस्टर हालै सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्