Logo
Logo

सरकारका कामकाज हेर्न उपसमिति गठन, कसलाई के जिम्मेवारी ?


693
Shares

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले सरकारका काम कारबाही अध्ययन एवं सहजीकरण गर्न विभिन्न उपसमिति गठन गरेको छ ।

बिहीबार बसेको समितिको बैठकले उपसमितिहरू गठन गरेको हो । समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय एवं निकायको काम कारबाही अध्ययन एवं सहजीकरण गर्न विभिन्न उपसमिति गठन गरिएको सुशासन समितिका सदस्य सचिव विशाला सापकोटाले जानकारी दिए ।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयका कामकारबाही हेर्ने जिम्मेवारी डा. अमरेशकुमार सिंहलाई दिएको छ । समितिले डा. सिंहको नेतृत्वमा सात सदस्यीय उपसमिति गठन गरेको हो ।

त्यस्तै, गृह मन्त्रालय हेर्न दीपकराज बोहरा र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हेर्न कमल सुवेदीको नेतृत्वमा सात–सात सदस्यीय उपसमिति गठन गरेको छ ।

संवैधानिक निकायहरू अख्यितार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र लोक सेवा आयोग हेर्न सुरेन्द्र चौधरीको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।

यससँगै बैठकले समितिको कार्यविधि तयारी गर्न कमल सुवेदीको नेतृत्वमा ११ सदस्यीय कार्यविधि मस्यौदा तर्जुमा उपसमिति गठन गरेको छ भने समितिमा दर्ता भएका र हुने विभिन्न उजुरहरू अध्ययन विश्लेषण गरी समास्या समाधानका लागि सुझाव दिने गरी श्रद्धा कुँवर क्षेत्रीको नेतृत्वमा सात सदस्यीय उजुरी अध्ययन तथा सुझाव सिफारिस समिति गठन गरेको छ ।

समितिले अख्तियार र कारागार कार्यालयको स्थलगत अनुगमत गर्ने पनि निर्णय गरेको छ । त्यसका लागि सात सदस्यीय अनुगमन टोली गठन गर्ने जिम्मेवारी सभापति हरि ढकाललाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्