Logo
Logo

वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर


378
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति बदर गरेको छ ।

The current image has no alternative text. The file name is: Sarbochcha-Adalat.gif

सरकारले गएको वैशाख ३१ गते ५ जना सदस्य नियुक्त गरेकोमा छनोट समितिले गरेको सिफारिसका योग्यता क्रमका आधारमा नगरी छानी–छानी गरेको भन्दै पहिलो नम्बरमा सिफारिस उपेन्द्रबहादुर कार्कीले रिट दायर गरेका थिए ।

हिजो यस रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले नियुक्ति बदर गर्ने आदेश दिएको हो । सरकारले डा। दीपक प्रसाद बास्तोला, प्रविन भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रुपा लामिछाने र लिलाराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

सर्वोच्चले अब छनौट समितिको सिफारिसमा परेको योग्यताक्रमअनुसारका उम्मेदवारहरुलाई सुशासनको मूल्य एवं मान्यताको प्रतिकूल नहुने गरी आधार र कारणसहित पुनः निर्णय गर्न परमादेश समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्