Logo
Logo

जनता बैंकद्वारा टिच फर नेपाललाई सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । जनता बैंकले नेपालको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले टिच फर नेपालसँग सहकार्य गरेको छ । आइतबार आयोजित उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट टिच फर नेपाललाई वार्षिक ५ लाख रुपैयाँ प्रदान गर्नेछ ।
टिच फर नेपालले ग्रामीण क्षेत्रमा रहेका सरकारी विद्यालयमा फेलो शिक्षक खटाई शैक्षिक असमानता घटाउने कार्यमा सहयोग गर्दै आएको छ । हाल टिच फर नेपालले सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्साको ग्रामीण क्षेत्रका ५१ विद्यालयमा १ सय १० जना फेलो शिक्षकमार्फत करिब १० हजार विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धिसम्बन्धी कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्