Logo
Logo

विधि-प्रक्रिया नपुगेको भन्दै रास्वपा कैलाली जिल्ला अधिवेशनको परिणाम बदर


378
Shares

काठमाडौं । रास्वपा कैलालीको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर गरिएको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगले आइतबार प्रक्रियागत त्रुटि भएको भन्दै जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर गरिएको जानकारी गराएको हो । 

The current image has no alternative text. The file name is: rasapa-4.gif

अधिवेशनका क्रममा सम्पन्न निर्वाचन प्रक्रिया र त्यसको वैधतालाई लिएर जिल्लाका उम्मेदवारहरू तथा पार्टी सदस्यहरूद्वारा सप्रमाण दर्ता गराएको उजुरीहरू उपर केन्द्रीय निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

 केन्द्रीय निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘उक्त निर्वाचन पक्रियाप्रति कैलाली जिल्लाका माननीयज्यूहरूको असहमति र सल्लाहको बाबजुद अवैधानिक ढङ्गले विधान तथा कार्यविधि विपरीत निर्वाचन गराइएको पाइएको छ । प्राप्त प्रारम्भिक उजुर तथा सँगै संलग्न प्रमाणहरूको आधारमा आयोगले अध्ययन गर्दा उक्त अधिवेशनमा लोकतान्त्रिक निर्वाचनका न्यूनतम विधि, प्रक्रिया र मापदण्डहरू  पालना  नभएको प्राथमिक रूपमै पुष्टि हुन आएको छ । ’ 

२५ जेठमा भएको अधिवेशनबाट सभापतिमा कविन्द्र ठकुल्ला विजयी भएका थिए  । ठकुल्लाले ३३५ मत ल्याउँदा उनका प्रतिस्पर्धी महेशकुमार चौधरीले ३७ र हरि रेग्मीले २२ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्