Logo
Logo

स्वास्थ्य सिन्डिकेटमा मुछिए कृष्णहरि


1.1k
Shares

काठमाडौं । कुनै बेला बैंक ४ लाख रुपैयाको ऋण तिर्न नसक्ने व्यक्तिले चारवटा स्वास्थ्य संस्था खडा गरेर वैदेशिक रोजगारीमा जाने कामदारमाथि शोषण गरिरहेको पाइएको छ । मेडिकल व्यवाशायी कैलाश खड्काले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिण्डिकेट खडा गरेर कामदारमाथि शोषण गरिरहेका छन् । उनले वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा मेडिकल माफिया खड्काले साम्राज्य खडा गरेको पाइएको हो ।

कैलाश खड्काले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि चारवटा संस्था खडा गरेको र सिण्डिकेट भैरहेको श्रम मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सिनामंगलमा अनमोल मेडिकल सेन्टर प्राइभेट लिमिटेड र प्रशान्ती हेल्थकेयर प्राइभेट लिमिटेड खडा गरेका छन् ।

चाबहिलमा डाइग्नेष्टि मेडिकल सेन्टर प्राइभेट लिमिटेड र कोटेश्वरमा हिमालयन डाइग्नोष्टिक क्लिनिक प्राइभेट लिमिटेड खडा गरेर उनले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिण्डिकेटमात्र होइन एउटा साम्राज्य नै खडा गरेका छन् ।

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा भइरहेको बदमासीको अनुगमन गर्दा चारवटा स्वास्थ्य मेडिकल माफिया खड्काको स्वामित्वमा भेटिएको मन्त्रालयले जनाएको छ । ३६ वटा स्वास्थ्य संस्थाको अनुगमन गर्दा खड्काको मात्र चारवटा स्वास्थ्य संस्थाले ठगी गरिरहेको स्रोतले जनाएको छ ।

श्रम मन्त्रालयले गठन गरेको अनुगमन समितिले खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)मार्फत ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणका लागि अनुसन्धान गर्न सिफारिस गरेको छ । तर, उक्त प्रतिवेदन श्रम मन्त्रालयबाट हराएको छ ।

खड्काले २०७३ सालमा कैलाश विकास बैंकको ४ लाख ५४ हजार ८ सय ५२ रुपैयाँ रकम चुक्ता गर्न नसक्ने व्यक्ति कैलाश खड्का हाल विभिन्न स्थानमा चल अचल सम्पत्ति जोडेको तथा चारवटा भन्दा बढी मेडिकल सेन्टरहरू सञ्चालन गरेका छन् । साथै, अस्वभाविक जीवन यापन गरेको र सम्पत्ति कमाएको आफन्तको नाममा समेत सम्पत्ति जोडेको हुन सक्ने भएकाले विस्तृत अनुसन्धान गर्न सम्बन्धित निकाय (सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा) पठाउन कारबाही सिफारिस गरेको थियो ।

स्वास्थ्य संस्थाहरूले कमिसन बापतको रकम मलेसिया हुण्डीमार्फत पठाउने गरेको भन्दै प्रतिवेदनले उनी उपर ठगी, संगठित अपराध, विदेशी मुद्रा विनिमय, राज्यविरुद्धको कसुरलगायत सम्पत्ति शुद्धीकरण तर्फ समेत अनुसन्धान गर्न सिआईबी र सम्बद्ध विकायमा हदैसम्मको कानुनी कारबाहीका लागि पठाउन सिफारिस गरिएको छ। सिआइबी स्रोतका अनुसार यो प्रतिवेदन अध्ययन गर्ने काम भैरहेको छ ।

तत्कालीन श्रमसचिव कृष्णहरि पुष्कर कर्णको सेटिङमा खड्काले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा साम्राज्य खडा गरेका थिए । खड्कासँगको मिलेमतो एकैपटक ३ हजार स्वास्थ्य परीक्षण शुल्क बढाइएको थियो । उक्त कार्यका कर्णले भूमिका खेलेका थिए । तर, पछि उक्त बढेको शुल्क खारेज गरियो । यस्तो गम्भीर बदमासीमा जोडिएका सचिव कर्णमाथि अहिलेसम्म कुनै छानबिन तथा कारबाही भएको छैन ।

खड्का नेपाली कामदारबाट अर्बौ रुपैयाँ ठगीको आरोपमा मुद्दा लागेका व्यवसायी समेत हुन् । खड्काकै लगानीको वेलकेयर अस्पताल र डाग्नोस्टिक मेडिकल सेन्टरलाई ४ करोड ४९ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको थियो । अवैध ल्याबसँग हिमालय एयरलाइन्सको सेटिङ गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई जाने नागरिकहरुको ¥यापिड पिसिआर परीक्षणमा सेटिङ मिलाएको थिए ।

प्रतिक्रिया दिनुहोस्