Logo
Logo

बिगो बराबर धरौटी बुझाएर छुटे सेफ सन्तोष साह


819
Shares

काठमाडौं । बैङ्किङ कसुर मुद्दामा पक्राउ परेका सेफ सन्तोष साह बिगो बराबरको धरौटी बुझाएर छुटेका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार साहले मुद्दाको बिगो बराबर धरौटी बुझाएपछि हाजिर जमानीमा रिहा भएका हुन् ।

The current image has no alternative text. The file name is: santosh-shah.jpg

जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएपछि प्रहरीले साहलाई शुक्रवार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८, रमानन्द चोकबाट पक्राउ गरेको थियो । उनीसँगै सिराहाको कर्जन्हा नगरपालिका–९ का ५८ वर्षीय नारायण साह सुडी पनि पक्राउ परेका थिए ।

गैरीधारास्थित एक रेस्टुरेन्ट खरिद गर्दा पूरा रकम भुक्तानी नगरेको भन्दै शकुन्तला अधिकारी (थापा) ले साहविरुद्ध बैङ्किङ कसुरको मुद्दा दायर गरेकी थिइन् । सोही मुद्दामा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरी काठमाडौं ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्