Logo
Logo

दुर्गा प्रसाईंसहितको आपराधिक उपद्रव मुद्दा पेस गर्न आदेश


0
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित ५० जनाविरुद्ध दायर भएको आपराधिक उपद्रव र कर्तव्य ज्यानसहितको मुद्दामा थाम्ने म्याद सकिएपछि मुद्दा पेस गर्न आदेश जारी गरेको छ । 

The current image has no alternative text. The file name is: durga-4.jpg

बिहीबार जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलासबाट उक्त आदेश भएको हो । २०८१ चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको विध्वंसमा प्रसाईँसहित ५० जनाविरुद्ध आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोह र सङ्गठित अपराधको अभियोगमा मुद्दा दायर भएको थियो ।

कानुनतः अदालतले तोकेको तारिख गुजारेपछि थाम्ने थमाउने म्याद व्यतीत गरी मुद्दाका दुवै पक्ष अदालतमा उपस्थित नभएमा पनि सुनुवाइ भने रोकिँदैन । प्रतिवादीले तारेख गुजारेको अवस्थामा बुझ्नुपर्ने प्रमाण बुझी ठहरेबमोजिम फैसला हुन्छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८५ मा यस्तो व्यवस्था रहेको छ। अदालतमा बयान प्रतिउत्तर लिइसकेपछि तोकिएको तारेखमा प्रतिवादी अदालतमा उपस्थित नभएमा पनि कानुनबमोजिम मुद्दाको कारबाही र किनारा गर्न बाधा पर्दैन । 

प्रतिक्रिया दिनुहोस्