
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक भोलि (शनिबार)चितवनमा बिहान ११ बजे बस्ने भएको हो । बैठकमा महाधिवेशन कार्यविधि, विधान मस्यौदा अनुमोदन गर्ने एजेन्डा रहेको महामन्त्री भूपदेव शाहले जानकारी दिए ।
बैठकमा सहभागी हुनका लागि नेताहरू चितवन जान क्रम जारी छ । नेतृत्व टिम भोलि नै चितवन पुग्नेछन् । भोलि बस्न लागेको बैठक वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक हो । यहि असार ७ गतेदेखि ९ गतेसम्म रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन हुँदैछ । महाधिवेशन नयाँ कार्यसमिति चयन गर्नेछ ।














