
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले डिजिटल माध्यमबाट सदस्यता नवीकरण गर्ने भएको छ ।
मंसिरमा महाधिवेशन तय गरेको नेकपाले सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान आज सुरुआत गर्दैछ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाले डिजिटल माध्यमबाट सदस्यता नवीकरण गर्न लागिएको जानकारी दिए ।
सदस्यता नवीकरण अभियानको संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले गर्ने तय भएको उनले बताए । प्रविधिमैत्री बनाउनको लागि पार्टीले डिजिटल माध्यममा केन्द्रित भएको उनले बताए ।














