
काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाका जीवजन्तुमा बर्ड फ्लु देखिएको छ ।
चिडियाखानाले शुक्रबार सूचना प्रकाशित गरी जीवजन्तुमा बर्ड फ्लु देखिएको जानकारी दिएको हो । जीवजन्तुमा बर्ड फ्लु देखिएपछि चिडियाखाना बन्द गरिएको छ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि शुक्रबारदेखि चिडियाखाना बन्द गरिएको सूचनामा उल्लेख छ ।
‘सदर चिडियाखाना परिसरत्रि रहेका जीवजन्तुमा बर्ड फ्लु संक्रमण देखिएकोले आम सर्वसाधारण दर्शकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै आज मिति २०८३ असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको बेहोरा जानकारीको लागि अनुरोध गर्दछौँ,’ सूचनामा उल्लेख छ ।














