
काठमाडौं । गत वैशाखमा संसद् रोकेर सरकारले ल्याएका चार अध्यादेश प्रतिनिधिसभा र राष्ट्रिय सभाले स्वीकृत गरेको छ ।
शुक्रबार बसेको बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो ।
गत वैशाखमा संसद् अधिवेशन रोकेर सरकारले यी अध्यादेश ल्याएको थियो । वैशाख २८ गते संसद् अधिवेशन सुरु भएको पहिलो दिन ती अध्यादेश संसदमा पेस भएका थिए । त्यसपछि आज संसदले पारित गरेको हो ।














