
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहीले पार्टीभित्र कलह र जनतामा निराशा बाढ्ने काम गरिररहेको आरोप लगाएका छन् ।
पार्टीका वरिष्ठ नेता झलनाथ खनालले बुझाएको ३६ बुँदे आरोपपत्रलाई लक्षित शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका पार्टीका वरिष्ठ नेता खनाल प्रतिक्रियावादीसँग मिलेर पार्टीमा विचलन ल्याउन उद्द रहेको प्रचण्डको आरोप छ ।
उनले कम्युनिष्ट पार्टीहरुले इतिहासमा भोगेका अनुभवहरु नबिर्सन समेत आग्रह गरे । केही दिनअघि नेता खनालले संयोजक प्रचण्डलाई लेखेको असन्तुष्टि पत्रमा वर्तमान नेतृत्वले पार्टी एकता, वैचारिक स्पष्टता र सङ्गठनात्मक पुनर्गठन गर्न नसकेको गम्भीर आरोप लगाएका थिए ।
पार्टीको अन्तरिम विधानलाई सार–सङ्ग्रहवादी खिचडी विधानको संज्ञा दिँदै त्यसबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण हुन नसक्ने खनालको दाबी थियो ।
उनले भने, ‘जानेर वा नजानेर हाम्रा कतिपय साथिहरुले समेत जनतामा निराशा बाढ्ने काम गर्दैछन् । फेरी एकचोटी जनतालाई लिएर हामी अघि बढ्छौँ भन्ने कन्फिडेन्स, आत्मविश्वास होइन, हामी कम्युनिष्टहरु विगतमा यस्ता उतारचढाव धेरै भोग्दै आएका, तीसँग लड्दै र जित्दै आएका जात हौँ हामी भन्ने कुरा बिर्षेर साम्राज्यवादली र प्रतिक्रियावादीले फैलाएको हल्लाअनुसार के के कुरा भनेर भ्रम छर्ने पनि कतिपय मानिसहरुले गरेका छन् । ती साथिहरुलाई पनि म अपिल गर्न चाहान्छ, प्रतिक्रियावादीलाई फाइदा पुग्नेगरी निराशाको खेती नगरौँ ।’
संयोजक प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा पुग्नेगरी निराशाको खेती नगर्न अपिल समेत गरे ।














