Logo
Logo

साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो गोल गरेको खेलमा मोरक्को विजयी


126
Shares

काठमाडौं । फिफा विश्वकप फुटबलमा मोरक्कोले स्कटल्यान्डलाई हराएको छ । आज बिहान भएको खेलमा मोरक्कोले पहिलो हाफको शुरुआती दुई मिनेटमै गरेको गोल निर्णायक भयो । मोरक्कोका इस्माल साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो दोस्रो मिनेटमै गोल गरेका हुन् ।

समूह ‘सी’ अन्तर्गत यसअघि भएको खेलमा स्कटल्यान्डले हैटीलाई हराउँदा मोरक्कोले ब्राजिलसँग बराबरी खेलेको थियो । आफ्नो दोस्रो खेलमा स्कटल्यान्डलाई हराएसँगै मोरक्कोको ४ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्