
काठमाडौं । पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाह चितवन पुगेका छन् ।
उनी साथमा पत्नी र छोरी लिएर केही बेरअघि मात्र भरतपुर विमानस्थलमा ओर्लिएका हुन् । अहिले उनी कार्यक्रमस्थलतिर लागिसकेका छन् ।
भरतपुरमा आयोजित रास्वपाको महाधिवेशन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनले दिउँसो २ बजे संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ । आजदेखि सुरु हुने रास्वपाको प्रथम महाधिवेशन मंगलबारसम्म चल्नेछ ।














