Logo
Logo

पौडी खेल्दा कालीगण्डकीमा बेपत्ता भएका २ जना मृत भेटिए


315
Shares

काठमाडौं । पाल्पामा पौडी खेल्दा कालीगण्डकी नदीमा बेपत्ता भएका २ जनाको शव फेला परेको छ ।

गएको बिहीबार साँझ पौडी खेल्ने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्डकी नदीमा डुबेका शिखरडाँडाका १४ वर्षीय शिशिर गाहा र २४ वर्षीय पुजन गाहाको शव फेला परेको हो ।

पाल्पाका प्रहरी नायक उपरीक्षक भिमलाल भट्टराईले प्रहरी, सशस्त्र प्रहरीका साथै स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा कालीगण्डकीकै तल्लो भागमा उनीहरूको शव भेटिएको जानकारी दिए । शिशिरको घटनास्थल नजिकै र पुजनको टिपुवाघाटमा शव फेला परेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्