Logo
Logo

सम्पत्ति छानबिनको मागमा अडिग छु : जनार्दन


441
Shares

काठमाडौं । पूर्वमन्त्री एवम् प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्माले सम्पत्ति छानबिन हुनुपर्छ भन्ने आफ्नो अडानमा कुनै परिवर्तन नभएको बताएका छन् ।

शर्माले मंगलबार सामाजिक सञ्जालमार्फत आफूले सम्पत्ति छानबिनको विषय विगतमा संसद् र पार्टी दुवै ठाउँमा उठाएको भन्दै अहिले पनि त्यसमा दृढ रहेको बताएका छन् । उनले भनेका छन्, ‘साथीहरू, सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ। त्यसमा म अहिले पनि अडिग छु ।’

साथै, उनले आफ्नो भनाइसँग असम्बन्धित विषय जोडेर भ्रम फैलाउने प्रयास भइरहेको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन् । ‘तर, सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु,’ शर्माले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्