Logo
Logo

भोलिदेखि सञ्चालनमा आउँदै बौद्धस्थित भाट भटेनी सुपर स्टोर


378
Shares

काठमाडौं । बौद्धस्थित भाट–भटेनी सुपर स्टोर भोलि (बुधबार)देखि सञ्चालनमा आउने भएको छ । भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानू पौडेलले भोलिदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने जानकारी दिइन् ।

ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता यथावत् रहेको समेत उनले जानकारी दिइन् ।

यस अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत यहाँहरूको साथ रहने अपेक्षा भाटभटेनीले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्