Logo
Logo

तिनाउको बाढीमा फसेका युवकको उद्धार


126
Shares

काठमाडौं । रुपन्देहीको बुटवलस्थित तिनाउ नदीमा आएको बाढीमा फसेका एक युवकको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।

The current image has no alternative text. The file name is: tinau.jpg

गुल्मीको मालिका गाउँपालिका–३ पैयुखर्क घर भई हाल बुटवल उपमहानगरपालिका–१७ रानीगन्ज बस्दै आएका ३१ वर्षीय गोरखबहादुर विक आइतबार तिलोत्तमा नगरपालिका–४ डिङ्गारनगरस्थित तिनाउ नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा बाढीमा फसेका थिए । सो क्रममा प्रहरीले यनको उद्धार गरेको हो ।

इलाका प्रहरी कार्यालय बुटवल र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बुटवलबाट खटिएको संयुक्त उद्धार टोलीले विकलाई सकुशल उद्धार गरेको हो।  

पाल्पा र बुटवल क्षेत्रमा वर्षा भएपछि तिनाउ नदीमा पानीको बहाव एक्कासी बढेको थियो । सोही क्रममा दाउरा निकाल्न नदीमा पुगेका विक बाढीको बीच धारमा फसेका थिए । 

प्रतिक्रिया दिनुहोस्